Skip to main content
वातावरणRatopati

लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरिँदा काठमाडौँ र चितवनलाई प्लेअफको बाटो खुला

Read the full story at Ratopati

लुम्बिनी क्वालिफायरमा, विराटनगर बाहिरिँदा काठमाडौँ र चितवनलाई प्लेअफको बाटो खुला

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा शनिबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ४ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । अन्तिम दुई ओभरमा ३३ रन आवश्यक रहेको अवस्थामा उत्कृष्ट ब्याटिङ गर्दै लुम्बिनीले एक बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ ।

विराटनगर पराजित भएसँगै लिग चरणबाटै बाहिरिएको छ भने काठमाडौँ गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । जवाफमा १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर जित निकाल्यो । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर डार्सी सर्ट र आसिफ शेखले टोलीलाई बलियो सुरुवात दिलाए ।

दुवैले समान ४५ रन बनाएपछि लुम्बिनी लक्ष्यतर्फ अघि बढेको थियो । सर्टले ३८ बलमा एक छक्का र तीन चौका प्रहार गरे । आसिफले ४१ बलमा एक छक्का र तीन चौकासहित ४५ रन बनाए । उनीहरूको साझेदारीले लुम्बिनीलाई सहज अवस्थामा पुर्‍याए पनि मध्य क्रममा विकेट गुम्दा खेल विराटनगरको पक्षमा मोडिने संकेत देखिएको थियो ।