न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्र
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले जिल्ला न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावप्रति आपत्ति जनाएका हुन् ।
न्यायाधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्त विपरीत हुने उनको भनाइ थियो । ‘न्यायाधीशलाई मेलमिलापको काममा राख्ने भन्ने कुरालाई नेपाल बार एशोसियसन अस्वीकार गर्दछ । यो संवैधानिक प्रावधान अनुकूल छैन । न्यायाधीशलाई न्यायिक काम बाहेक अरू काममा लगाउन मिल्दैन । यसको थुप्रै अथोरिटी पनि छ ।
न्यायाधीशलाई नेपालको संविधान बमोजिम मध्यस्थको काममा लाउन नमिल्ने भएको हुनाले यो मध्यस्थको सबै काम नेपाल बार एशोसिएशनले गरेको छ,’ उनले भने । न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्ने उनले स्पष्ट पारे । न्यायाधीशलाई मेलमिलापकर्ताको भुमिकामा राख्ने प्रश्ताव नेपाल बारले अस्वीकार गर्ने उनको भनाइ छ । न्यायाधीशको भूमिका विवादमा पक्ष बन्ने नभई कानून, प्रमाण र दुवै पक्षले पेश गरेका तथ्यका आधारमा निष्पक्ष निर्णय गर्ने रेफ्रीको रहेको उनको भनाइ छ ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोडNepal Khabar
- ग्यास उद्योग मर्जरमा आयकर छुट दिन उद्योगीको मागDC Nepal