ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनाव
Read the full story at Nepal Khabar

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब रुपैयाँ छ। त्यसमध्ये, चल्ती खाताको हिस्सा ७.५, बचत खाताको ४८ र मुद्दती निक्षेपको ३४.७ प्रतिशत छ। सोही तथ्यांकलाई गत वर्षको भदौसँगको तथ्यांकसँग तुलना गर्दा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा घटेको देखिन्छ। गत वर्षको भदौमा कुल निक्षेपमध्ये चल्ती खाताको हिस्सा ५.८, बचत खाताको ३८ र मुद्दती निक्षेपको हिस्सा ४७.९ प्रतिशत थियो। यो तथ्यांकले अहिले चल्ती र बचत खातामा निक्षेपको हिस्सा बढेको देखाउँछ।
चालू आर्थिक वर्षको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थामा ७२ अर्ब ८० करोड रुपैयाँ निक्षेप थपिएको छ। गत वर्ष साउन र भदौमा ३२ अर्ब ८६ करोडले निक्षेप थपिएको थियो। व्यवसायी शशीकान्त अग्रवाल भन्छन्, 'एकातिर बैंकमा धेरै पैसा थुप्रियो भन्ने चर्चा भइरहेको छ। अर्कोतर्फ बैंकमा पैसा राखेर प्रशस्त आम्दानी हुँदैन भन्ने निष्कर्षमा बचतकर्ता पुगेका छन्। यसले अर्थतन्त्रलाई फाइदा गर्दैन।
' अग्रवाल भन्छन्, 'हामी व्यवसायी भनेको ऋण चलाउने हो। मुद्दतीको ब्याजदर घट्दा कर्जाको ब्याजदर सस्तो भएको छ। त्यसले हामीलाई फाइदा नै भएको छ। तर, यसले समाजमा पार्ने प्रभाव भने गहिरो हुन्छ। ' बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अत्यधिक भएपछि राष्ट्र बैंकले विभिन्न उपकरण प्रयोग गरेर तरलता प्रशोचन गरिरहेको छ।
More business
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- Preparations underway to amend 59 Acts before investment summit, says Minister LamsalOnlinekhabar English
- आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयारOnlinekhabar (Nepali)
- Malkajgiri Police arrest seven in illegal loan racket; gang collected hefty interest in advance, blank signed chequesThe Hindu