Skip to main content
खेलकुदNagarik News

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

Read the full story at Nagarik News

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ। अस्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका विश्वचर्चित खेलाडीहरू यतिबेला नेपालको प्राकृतिक सौन्दर्य, हिमाल र मौलिक आतिथ्यमा मन्त्रमुग्ध बनेका छन्। करोडौं फ्यान फलोइङ भएका यी स्टार खेलाडीहरूले सामाजिक सञ्जालमा सेयर गरेका नेपाल भ्रमणका तस्बिर र भिडियोले विश्वभरका पर्यटकको ध्यान नेपालतर्फ खिचेको छ।

एनपिएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर पुगेर प्रत्यक्ष दृश्यावलोकन गरे। आफ्नै आँखाले सगरमाथा देखेपछि भावुक बनेका उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरेका छन्। ‘शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो, आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो,’ वार्नरले लेखेका छन्, ‘तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन्।

यो संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने क्षणमध्ये यो पनि एक हो। ’ वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि खुलेर प्रशंसा गरे।