Skip to main content
खेलकुदBizmandu

नेपाली मौलिक परिकार सेलरोटीको संरक्षण र प्रवर्धन गर्न आयोजना गरियो प्रतियोगिता

Read the full story at Bizmandu

काठमाडौं। नेपाली मौलिक परिकार सेलरोटीको संरक्षण, प्रवर्धन तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले दोस्रो सेलरोटी बनाउने प्रतियोगिता आयोजना गरिएको छ। हिमालयन कम्युनिटी प्रोजेक्ट नेपाल र ट्रिनिटी इभेन्ट्स एन्ड मिडिया प्रालिको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।

प्रतियोगिता शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको थियो। नेपाल पर्यटन बोर्डको प्राङ्गणमा प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगितामा सहभागीहरूले आफ्नो पाककला तथा मौलिक सीप प्रस्तुत गर्ने अवसर पाएका छन्।

यसबाट नेपाली संस्कृति र परम्पराको प्रवर्धनमा योगदान पुगेको आयोजकले जनाएको छ। The post नेपाली मौलिक परिकार सेलरोटीको संरक्षण र प्रवर्धन गर्न आयोजना गरियो प्रतियोगिता appeared first on BIZMANDU .