सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। महोत्सवमा हात्तीको फुटबल खेलका क्रममा माहुतेहरूले हात्तीलाई कुटपिट गरेको देखिने भिडियो पेटाले सार्वजनिक गरेपछि माछापुच्छ्रे बैंक र काठमाडौंस्थित पर्यटन कम्पनी हिमालयन सोसल जर्नीलगायत केही प्रायोजकले महोत्सवलाई दिँदै आएको समर्थन फिर्ता लिएका थिए।
पेटाले बाँकी प्रायोजकहरू ईबुकिङ नेपाल, बाराहसिंघे बियर र टेकमाइन्ड्स नेटवर्कलाई पनि महोत्सवसँगको सम्बन्ध तोड्न आग्रह गरेको छ। सर्वोच्च अदालतको निर्देशनपछि मनोरञ्जन र पर्यटन गतिविधिमा हात्तीको प्रयोग बन्द हुनुपर्ने पेटाको तर्क छ। पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पनि महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ।
पेटाका अनुसार महोत्सवका क्रममा खिचिएको भिडियोमा हात्तीलाई विभिन्न गतिविधिमा सहभागी गराउन माहुतेहरूले लाठी र अन्य घरेलु हतियारले पटक-पटक प्रहार गरेको देखिन्छ। एउटा घटनामा एक माहुतेले हात्तीलाई घोचेको, लात्ती हानेको र कुटपिट गरेको गरी ६४ पटक प्रहार गरेको आरोप छ।
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुदOnlinekhabar (Nepali)
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल हुने, अन्य कर्णाली र लुम्बिनीमाBizmandu
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुनेThaha Khabar
- दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिनेSetopati
- Cricket Australia will not open another investigation into ‘sandpapergate’Al Jazeera