सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल हुने, अन्य कर्णाली र लुम्बिनीमा
Read the full story at Bizmandu
काठमाडौं। कर्णाली प्रदेशमा आगामी मंसिर १६-२७ हुने आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ। मंसिर १६ मा औपचारिक उद्घाटन हुने उक्त प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअघि मंसिर ८ गतेदेखि नै खेल सुरु हुनेछ। त्यसअवधिमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ।
सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्सल आट्र्सका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन्। यसैगरी, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ।
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुदOnlinekhabar (Nepali)
- सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुनेThaha Khabar
- दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिनेSetopati
- Cricket Australia will not open another investigation into ‘sandpapergate’Al Jazeera
- डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रनNagarik News