Skip to main content
खेलकुदNagarik News

डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रन

Read the full story at Nagarik News

डेविड वार्नरको नेपाल यात्रा: चार खेल, चार जित र १२७ रन

अस्ट्रेलियाका पूर्वक्रिकेटर तथा विश्व क्रिकेटका चर्चित ब्याटर डेभिड वार्नरको नेपाल प्रिमियर लिग (एनपीएल) यात्रा छोटो भए पनि काठमान्डु गोर्खाजका लागि निकै सम्झनलायक रह्यो । चार खेल खेलेर स्वदेश फर्किएका वार्नरले ब्याटबाट १२७ रन बनाउनुका साथै आफू सहभागी भएका सबै खेलमा टोलीको जित देखे । एनपीएल खेल्न नेपाल आएका वार्नरले काठमान्डु गोर्खाजका लागि चार खेल खेलेपछि आफ्नो यात्रा टुङ्ग्याएका हुन् । गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका छन्।

केसीले वार्नरलाई सुरक्षित यात्राको शुभकामना दिँदै काठमान्डु गोर्खाज र नेपाली क्रिकेटका लागि उनले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । उनले वार्नरसँग भविष्यमा पुनः भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । विश्व क्रिकेटमा लामो अनुभव बटुलेका वार्नरको आगमनले काठमान्डु गोर्खाजको ब्याटिङ लाइनअपमा थप अनुभव र आकर्षण थपेको थियो । उनले चार खेलमा कुल १२७ रन बनाएर टोलीको ब्याटिङमा योगदान पुर्‍याए ।

वार्नरको एनपीएल यात्राको सबैभन्दा रोचक पक्ष भने उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी हुनु रह्यो । छोटो समयका लागि टोलीसँग जोडिएका उनी मैदानमा रहँदासम्म गोर्खाजले हार बेहोर्नुपरेन । चार खेलको अवधिमा वार्नरबाट अपेक्षा गरिएअनुसारको अन्तर्राष्ट्रिय अनुभव टोलीले पाएको देखियो ।