Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

Read the full story at Onlinekhabar (Nepali)

अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

विगत केही वर्षयता तीव्र राजनीतिक अस्थिरताबाट पाकिस्तान गुज्रिरहेको छ, जसले गर्दा सरकार परिवर्तन भइरहने र राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्वका कारण खेलकुद प्राथमिकतामा पर्न सकेको छैन। पाकिस्तानको आन्तरिक राजनीतिक अवस्था, कमजोर सुरक्षा व्यवस्था, आर्थिक मन्दी र क्षेत्रीय कूटनीतिक तनावजस्ता प्रमुख कारणले गर्दा आयोजक राष्ट्र पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद (साग) पटक–पटक सार्दै आएको छ। विगत केही वर्षयता तीव्र राजनीतिक अस्थिरताबाट पाकिस्तान गुज्रिरहेको छ, जसले गर्दा सरकार परिवर्तन भइरहने र राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्वका कारण खेलकुद प्राथमिकतामा पर्न सकेको छैन।

सन् २०१९ मा नेपालले सफलतापूर्वक १३औँ साग सम्पन्न गरी पाकिस्तानलाई १४औँ साग आयोजनाको जिम्मेवारी दिँदा इमरान खान सरकार प्रमुख थिए। उनी अहिले आर्थिक अनियमिततालगायत विविध आरोपमा जेलमा छन्। त्यसपछि पनि सरकार परिवर्तनको क्रम चलि नै रहेको देखिन्छ।

यसरी सरकार परिवर्तनपिच्छे खेलकुद मन्त्रालय र खेलकुदका पदाधिकारी फेरबदल हुँदा साग आयोजनाको तयारीले पनि गति लिन नसकेको देखिन्छ। पाकिस्तानमा हालैका वर्षहरूमा भइरहेको चरम आर्थिक मन्दी र मुद्रास्फीतिले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको भन्ने छ।