Skip to main content
प्रविधिSetopati

इनमको मोबाइल २ दिनसम्म आफूसँग राख्ने अधिकार कुमार बेनलाई कसले दियो– कांग्रेस सहमहामन्त्री चौधरी

Read the full story at Setopati

इनमको मोबाइल २ दिनसम्म आफूसँग राख्ने अधिकार कुमार बेनलाई कसले दियो– कांग्रेस सहमहामन्त्री चौधरी

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेको समयमा प्रधानमन्त्री बालेन शाहका मुख्य राजनीतिक सल्लाहकार कुमार बेनले उनको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेको घटनाको अनधिकृत गतिविधिबारे छानबिन हुनुपर्ने माग गरेका छन्। 'इनमका दुई वटा मोबाइल सेट दुई दिनसम्म कहाँ पुग्छन्? प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुग्छन्।

कुमार बेन कुन निकायका मानिस हुन् र उनलाई आपराधिक घटनाको छानबिन गर्ने हैसियत कसले दियो?' चौधरीले भने, 'तपाईंले कानुनी राज्य तपाईंको मनको चाहना अनुसार चलाउने कुरा कांग्रेसलाई स्वीकार्य हुन सक्दैन। हामी विधिको शासनमा विश्वास गर्छौं। ' सहमहामन्त्री चौधरीले दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शक्तिशाली सरकारलाई कुन कानुनले काम गर्न दिइरहेको छैन र कुनै व्यक्तिविशेषले मनलाग्दी गम्भीर अपराधमा मुछिएका व्यक्तिको मोबाइल अनधिकृत रूपमा घरमा लगेका हुन् भन्ने प्रश्न गरे।

उनले अहिलेको शक्तिशाली सरकारले कुनै कानुनी व्यवस्था फेर्न चाहेको भए संसद्मा लगेर त्यसलाई संविधान अनुरूप कानुनी मान्यता दिएर काम गर्न आग्रह गरे। 'तर, त्यो इनमको मोबाइल कुमार बेनको घरमा किन लगियो? कसको आदेशमा त्यहाँ पुर्‍याइएको हो?