इँटा उद्योगमा ९ अर्बको कार्बन फाइनान्सिङ, ३०० उद्योगमा भित्रिंदै नयाँ प्रविधि
Read the full story at Bizmandu

काठमाडौं। नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री र आधुनिक प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित गुड ब्रिक्सले ६ करोड अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँभन्दा बढी) बराबरको कार्बन फाइनान्सिङ कार्यक्रम घोषणा गरेको छ। इनोसीएसआर र हुलास इको ब्रिक्सले संयुक्त रूपमा अघि बढाएको यो कार्यक्रममार्फत सन् २०३० सम्म नेपालका ३०० वटा इँटा उत्पादन केन्द्रमा गुड ब्रिक्स प्रविधि विस्तार गर्ने लक्ष्य राखिएको छ।
गुड ब्रिक्स टेक्नोलोजीको विकासकर्ता जलवायु प्रविधिसम्बन्धी कम्पनी इनोसीएसआर हो। दिवाकर गोल्छा अर्गनाइजेसनको सहयोगमा सञ्चालित हुलास इको ब्रिक्सले यस प्रविधिलाई देशभर विस्तार गर्नेछ। नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको केही समयपछि यो कार्यक्रम घोषणा गरिएको हो।
कार्यक्रमअन्तर्गत सहभागी इँटा उद्योगलाई हाइड्रोलिक इँटा प्रेस मेसिन उपलब्ध गराउनुका साथै बजार व्यवस्थापनमा समेत सहयोग गरिनेछ। प्रत्येक उत्पादन केन्द्रमा करिब २ लाख अमेरिकी डलर बराबरको मेसिनरी र बजार सहयोग उपलब्ध गराउने योजना छ। कार्बन क्रेडिटबाट भविष्यमा प्राप्त हुने आम्दानीलाई उपयोग गर्दै स्थानीय उद्योगीले प्रविधि जडान गर्न गर्नुपर्ने सुरुवाती लगानीको भार कम गर्ने कार्यक्रमको लक्ष्य छ।
More tech
- ‘Unable to determine probable cause’: Arizona judge releases DUI suspect over AI-generated police reportTimes of India
- Walmart outage today: After Microsoft disruption, payroll, HR services affected in 11,500 businesses as Workday goes downTimes of India
- Microsoft’s Global Outage and Fixes: What We KnowThe New York Times
- Microsoft's widespread outages caused global chaos, including in the healthcasre industryFrance 24
- Ukraine, Russia race to build military satellite networks as war rages onAl Jazeera
- Microsoft says all services working againDW