मेलबर्नका ३० भन्दा बढी रेस्टुरेन्ट र क्याफेमा अनुगमन, नेपाली विद्यार्थीले सुनाए आफ्ना पीडा
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, सिड्नी । अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ। अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरूले तीन दिनसम्म संयुक्त रूपमा विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेका हुन्। कर्मचारीलाई कानुनअनुसारको पारिश्रमिक नदिएको तथा कर र सुपरएनुएसन (अवकाश बचत) सम्बन्धी प्रणालीमा दर्ता नभई वा नियम पालना नगरी व्यवसाय सञ्चालन गरेको आशङ्कामा अनुगमन गरिएको जनाइएको छ।
अनुगमनका क्रममा सङ्कलन गरिएको विवरणका आधारमा आगामी दिनमा थप अनुसन्धान, लेखापरीक्षण तथा आवश्यक कानुनी कारबाही अघि बढाइने अधिकारीहरूले बताएका छन्। यसबारे अनुसन्धान भने अझै जारी रहेको छ। यस अभियानका लागि स्थानीय समुदायबाट प्राप्त सूचना, उजुरी तथा अघिल्ला अनुगमनका क्रममा सङ्कलित विवरणलाई आधार बनाइएको थियो। नियमविपरीत काम भइरहेको जानकारी भएमा सर्वसाधारणले आफ्नो पहिचान गोप्य राखेर सम्बन्धित निकायमा उजुरी दिन सक्नेछन्।
यो अभियान ‘अपरेसन रेजोनेन्स’ अन्तर्गत सञ्चालन गरिएको हो। अस्ट्रेलियामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थी, विशेषगरी नेपाली विद्यार्थीसमेत रोजगारस्थलमा विभिन्न प्रकारका शोषणको जोखिममा पर्ने गरेका छन्।
More society
- तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेचNepal Khabar
- Over 2 lakh students receive cakes in ThanjavurThe Hindu
- CM Vijay inaugurates distribution of cakes, greeting cards and sweet pongal to childrenThe Hindu
- Sarlahi village mourns 13 residents killed in Makawanpur crashKathmandu Post
- चितुवाको छालासहित दुई जना पक्राउRatopati
- लागूऔषध सहित दुई जना पक्राउOnlinekhabar (Nepali)