Skip to main content
समाजOnlinekhabar (Nepali)

लागूऔषध सहित दुई जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

लागूऔषध सहित दुई जना पक्राउ

२७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरवेजबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित धरान उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अमर दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।