Skip to main content
अर्थतन्त्रSetopati

तिहारको किनमेलमा व्यस्त असन बजार (तस्बिरहरू)

Read the full story at Setopati

तिहारको किनमेलमा व्यस्त असन बजार (तस्बिरहरू)

बजारका पसलहरूमा पूजाका सामग्री, टीका, माला, फूल, दियो, धूप, बत्ती, भाइमसला लगायत तिहारमा प्रयोग हुने सामग्री सजाएर राखिएका छन्। ती सामग्री किन्न बिहानैदेखि साँझसम्म ग्राहकहरूको भीड लाग्ने गरेको छ।

काठमाडौंको ऐतिहासिक बजार असन घरायसी तथा दैनिक उपभोगका सामानका लागि पुरानै समयदेखि परिचित छ। विभिन्न चाडपर्वका बेला यहाँ किनमेल गर्नेहरूको चहलपहल अझ बढ्ने गर्छ।

तिहारको आगमनसँगै असनका साँघुरा गल्ली र सडकमा किनमेल गर्ने, सामान छान्ने र मोलमोलाइ गर्नेहरूको भीड देखिन्छ। चाडपर्वको रौनकसँगै असन बजारमा तिहारको उत्साह पनि छाएको छ।