ट्रम्पको मध्यावधि चुनावी हारले इरान, इजरायल र युक्रेनमा कस्तो असर पार्ला ?
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्काले राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु राजनीतिमा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्ध र युद्धनीतिमा समेत प्रभाव पार्ने देखिएको छ । इरानसँगको युद्ध, इजरायललाई दिँदै आएको अमेरिकी सैन्य सहयोग र रुससँगको युद्धमा युक्रेनलाई गर्ने समर्थन अब थप अनिश्चित बन्न सक्छ । १९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुई वर्षमा दशकौँदेखि कायम अमेरिकी विदेश नीतिमा व्यापक फेरबदल गरेका छन् ।
उनले मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई असहज बनाउने गरी अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन् । तर मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयले उनको राजनीतिक शक्ति र विदेश नीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ । यसको असर अमेरिकाको सीमाभन्दा बाहिर पनि देखिन सक्छ । विशेषगरी इरान, इजरायल र युक्रेनले ट्रम्पको चुनावी धक्कालाई चासोका साथ हेरिरहेका छन् ।
इरानका लागि यो परिणामले अमेरिकासँग कूटनीतिक सम्झौताको सम्भावना बढाउँछ कि थप सैन्य आक्रमणको जोखिम निम्त्याउँछ भन्ने महत्वपूर्ण हुनेछ । इजरायलका लागि अमेरिकी सैन्य सहयोग र दुई देशबीचको परम्परागत सम्बन्धको भविष्य चुनौतीपूर्ण बन्न सक्छ ।
More politics
- गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?Nepal Khabar
- अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्योNepal Khabar
- निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोNepal Khabar
- बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ घाइतेNepal Khabar
- तरकारी छाडेर फूल खेती, सोचेभन्दा राम्रो आम्दानी हुँदा कमला दंगNepal Khabar
- ‘बाटुलो जून’को ट्रेलरमा क्लासिक लबस्टोरी (भिडिओ)Nepal Khabar