Skip to main content
वातावरणNagarik News

जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई

Read the full story at Nagarik News

जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई

नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्। दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका गम्भीर असर नेपाली जनताले भोग्नुपरेको बताए।

भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न भागमा हालै भएका विनाशकारी बाढीले जनधन, घरबास र जीविकोपार्जनका आधारमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको औँल्याए। ‘जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्नेहरूलाई नै सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्थामा छोडिनु हुँदैन,’ उनले भने, ‘हामीलाई सहानुभूति मात्र होइन, व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।

’ राईले नेपालको परराष्ट्र नीति सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध कायम गर्ने र कसैसँग शत्रुता नराख्ने सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे। नेपालले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय समस्याको समाधान द्वन्द्वबाट नभई संवादबाट खोज्नुपर्नेमा जोड दिए।