एनपीएलको सट्टेबाजी गरिरहेको आरोपमा एक युवक पक्राउ, ९० लाखको बेटिङ गरेको खुल्यो
Read the full story at Bizmandu
काठमाडौं। क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण जारी रहँदा त्यसको सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारतको बिहारको भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेको प्रहरीले जनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल २०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ।
The post एनपीएलको सट्टेबाजी गरिरहेको आरोपमा एक युवक पक्राउ, ९० लाखको बेटिङ गरेको खुल्यो appeared first on BIZMANDU .
More society
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- दानबहादुर कार्कीको रिट सर्वोच्च अदालत प्रशासनको अध्ययनमै, तिहारअघि सुनुवाइ नहुनेDC Nepal