पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतो
Read the full story at Nepal Khabar

अभिनेता अनमोल केसीका लागि फिल्म 'बाटुलो जून' धेरै कारणले विशेष बनेको छ। एक त ६/७ वर्षको अन्तरालपछि उनले बुवा भुवन केसीको निर्देशनमा काम गरेका छन्। त्यस्तै, सहरमा हुर्केका अनमोलले पहिलोपटक गाउँले भूमिकामा देखिएका छन्। जसले 'बाटुलो जून' मा काम गर्दा आफ्नो फिल्मी करिअरको एक गज्जबको अनुभव लिएको उनले बताए।
लामो समयदेखि अनमोल सहरिया र आधुनिक भूमिकामा मात्रै देखिँदै आएका थिए। तर, ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस फिल्ममार्फत पहिलो पटक भिन्न अनुभव संगालेको बताए। उनका अनुसार ३५/४० वर्षअघिको परिवेशमा आधारित यस फिल्ममा उनी काजी (अभिमान सिंह बस्नेत) को भूमिकामा छन्, जो सहरमा पढेर गाउँमा शिक्षाको उज्यालो फैलाउन लाग्ने एक पात्र हुन्। फिल्मको छायांकनका क्रममा नेपालका विभिन्न गाउँठाउँ घुम्ने, त्यहाँको जनजीवन र संस्कृति नजिकबाट बुझ्ने अवसर मिलेको उनको भनाइ छ।
'पहिला मैले एकदमै सहरी र आधुनिक फिल्महरू मात्रै गरिरहेको थिएँ। यो फिल्मको कारणले नेपालका विभिन्न गाउँ र त्यहाँको कल्चर नजिकबाट हेर्ने मौका पायो, जुन मेरा लागि एकदमै नयाँ अनुभव थियो,'उनले भने। त्यस्तै, बुवाको कामप्रतिको लगनशीलता र मेहनत देखेपछि आफूले किन पहिल्यै बुवाको निर्देशनमा धेरै फिल्म गरेन पछुतो लाग्ने गरेको उनले बताए। 'मलाई अहिले पछुतो भइरहेको छ किन मैले बुवाको अन्डरमा धेरै फिल्म गरिनँ भनेर।
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Former police chief Karki moves Supreme Court against removalKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- Nepali Congress alleges surveillance around Gagan Thapa amid arrest rumoursKathmandu Post
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar