पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ३० असारमा वितरण गरिएको पदक विवादित भएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा.
शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी थिइन् । उक्त समितिको प्रतिवेदनका आधारमा सदस्य सचिव शर्मालाई बर्खास्त गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो । खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए ।
खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो । प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वोत्कृष्ट प्रदेश खेल संघको रुपमा नगदसहित सम्मानित भएका थिए । छनोट समितिमै रहेको व्यक्तिहरुलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो ।
More sports
- Youth Olympics swimming: Double medallist Dhinidhi credits her success to hard workThe Hindu
- पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियनOnlinekhabar (Nepali)
- Despite Russia impasse, Germany still hoping to host Men's Ice Hockey World ChampionshipDW
- ‘Clicky Ponting’ handed two-year suspension over cricket cheating scandalAl Jazeera
- Show Hope marks 10,000 adoptions across 65 countries, surpassing its founders' original goalTimes of India
- चौथो खेलमा पनि पराजित पोखरा संकटमा, जितसँगै चितवन तेस्रो स्थानमाBizmandu