तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग
Read the full story at Onlinekhabar (Nepali)

अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४ घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने व्यक्तिले धम्कीपूर्ण अडियो क्लिप पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अडियोमार्फत उनीसँग करोडौँ रुपैयाँ फिरौती मागिएको बताइएको छ । घटनापछि बलिउडका चर्चित कलाकारको सुरक्षा र उनीहरूलाई लक्षित गरेर भइरहेका धम्कीका घटनाबारे फेरि चर्चा सुरु भएको छ।
यद्यपि, आयुष्मानलाई पठाइएको अडियो वास्तवमै संगठित अपराध गिरोहसँग सम्बन्धित व्यक्तिबाट आएको हो वा गिरोहको नाम प्रयोग गरेर डर देखाउने प्रयास मात्रै हो भन्ने पुष्टि भइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा अडियो क्लिपमा सुनिएको आवाज र त्यसमा उल्लेख गरिएका अपराधीको आवाजबीच समानता छ वा छैन भन्ने जाँच भइरहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आफूलाई लरेन्स बिश्नोई गिरोहका सदस्य हैरी बक्सर बताउने व्यक्तिले तुषारलाई फोन गरेर पाँच करोड रुपैयाँ फिरौती मागेका थिए ।
धम्कीपूर्ण फोन आएपछि तुषारले मुम्बई प्रहरीलाई जानकारी गराएका थिए। घटनाको अनुसन्धानका क्रममा प्रहरीले फोनमा सुनिएको आवाज हैरी बक्सरको आधिकारिक अडियो नमुनासँग मेल खान्छ वा खाँदैन भन्ने परीक्षण गरेको थियो ।
More business
- इनम सापकोटा प्रकरणपछि बस्न सकेन संवैधानिक इजलासNepal Khabar
- एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमतिNepal Khabar
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षणOnlinekhabar (Nepali)
- पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डनOnlinekhabar (Nepali)