Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पूर्वका होटलमा घटे पाहुना, अकुपेन्सी ३२ प्रतिशत

Read the full story at Onlinekhabar (Nepali)

पूर्वका होटलमा घटे पाहुना, अकुपेन्सी ३२ प्रतिशत

नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशका होटलको अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा सीमित रह्यो । अघिल्लो वर्ष औसत ३९.२ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशका होटलको अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा सीमित रह्यो । अघिल्लो वर्ष औसत ३९.२ प्रतिशत थियो । यस वर्ष अकुपेन्सी घट्नुमा वाह्य पर्यटक आगमन ओरालो लाग्नु एक कारण देखिएको छ । राष्ट्र बैंक अध्ययनमा समेटिएका होटलमा वाह्य पर्यटक गत आव २१.८ प्रतिशत घटेका छन् ।

अघिल्लो आव २८.६ प्रतिशत बढेको थियो । गत आव कोशीमा ४७ हजार ४ सय ५७ विदेशी पर्यटक पुगेका थिए । यस आव चिनियाँ पर्यटक संख्या केही बढे पनि भारतीयको संख्यामा उल्लेख्य गिरावट आएको छ । तेस्रो मुलुकका पर्यटक संख्या पनि घटेको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदन अनुसार यस प्रदेशमा हवाई यात्रु पनि घटेका छन् । हवाई यात्रु संख्या ४.९ प्रतिशत घटेको छ ।

गत आव उडान संख्या ५० हजार ९ सय २६ थियो । अघिल्लो वर्ष ५३ हजार ५ सय ३० थियो । हवाई यात्रु संख्या गत वर्ष १२ लाख १७ हजार ३ सय ८१ रहेकोमा अघिल्लो वर्ष १२ लाख ४६ हजार ८ सय ५ थिए । प्रतिवेदनले पूर्वी नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना औँल्याएको छ ।