Skip to main content
राजनीतिNepal Khabar

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

Read the full story at Nepal Khabar

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’

'पाँच पाण्डव'ले हिन्दु धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षलाई आँच पुर्‍याउने काम नगरेको प्रस्ट भएको बताएका छन्। पोस्टर र ट्रेलर हेर्दा चलचित्रमा केही समस्या छ कि भन्ने लागेर केही लेखे/बोले पनि हेरिसकेपछि त्यस्तो केही पनि नरहेको उनीहरूले बताएका छन्। 'चलचित्रमा द्रोपदी भन्ने पात्र नै छैन। तर पोस्टरमा त्यो थियो।

ट्रेलरमा पनि केही कुरा थिए। त्यसैले हामीले विरोध गरेका हौँ', चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले भने, 'सिनेमामा हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा छैन। उत्कृष्ट सिनेमा बनेको छ। सबैले हेर्नुपर्ने चलचित्र बनेको छ।

' वसन्त निरौलाले निर्देशन गरेको 'पाँच पाण्डव'मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। काली रानी फिल्मस्‌को ब्यानरमा बनेको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि मुख्य भूमिका छ। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ। यो चलचित्र श्याम तामाङले खिचेका हुन्।