१२ बजे १२ समाचार : रसुवागढी नाका तीन महिनादेखि ठप्प, एनपीएल प्लेअफ समीकरण पूरा
Read the full story at Ratopati

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । विगत तीन महिनादेखि पूर्ण रूपमा ठप्प रहेको मुलुककै प्रमुख उत्तरी व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण कार्यले तिहारलगत्तै तीव्रता पाएको छ। चाडपर्वका कारण केही दिन सुस्त बनेको निर्माण कार्य मजदुरहरू कार्यक्षेत्रमा फर्किएसँगै द्रुत गतिमा अघि बढाइए पनि रसुवागढीसम्म कहिले सवारीसाधन पुग्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन।
प्रहरीले कीर्तिपुरको पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठको पुख्र्यौली घर भोजपुर रहेको बताइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतले औषधीयलगायत प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती तथा उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेपछि बहसले नयाँ मोड लिएको छ । छठ पुजाका लागि लागि घाट सजावट, सरसफाइ तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
More business
- SCoR, Central Bank of India ink pact to extend welfare facilities for railway staffThe Hindu
- Tourism revives as roads reopen in Agency AreasThe Hindu
- कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्युRatopati
- बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्तावDC Nepal
- गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइतेSetopati
- Family Dollar agrees to $63 million overpricing settlementTimes of India