Skip to main content
अर्थतन्त्रSetopati

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

Read the full story at Setopati

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दियामा गाडीको ठक्करबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–५, चिल्लरियाका मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार उनका बुबा दलबहादुर खत्रीको मृत्यु भएको हो। घाइतेमध्ये बुबालाई ४ बजेर ९ मिनेटमा र छोरालाई ४ बजेर १४ मिनेटमा जिल्ला अस्पताल गुलरियामा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए।

दिउँसो पौने ४ बजेतिर बर्दियाको गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा गुलरियाबाट बाँकेको नेपालगन्जतर्फ आउँदै गरेको बा ५ ख ५६०५ नम्बरको गाडी र विपरीत दिशातर्फ जाँदै गरेको चो १ सिएम ९४३७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। त्यस्तै, दिउँसो बाँकेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा नेपालगन्जदेखि कोहलपुरतर्फ आउँदै गरेको म.प्र.०२–००१ ख ३३५ नम्बरको इडी गाडीले कोहलपुर नगरपालिका–८, पिपरीमा एक पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।

दुर्घटनापछि घाइते सापकोटालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो। त्यहाँ जाँचपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।