कर्णालीको कमजोर ब्याटिङ र प्लेअफ सम्भावनाबारे के भने गुल्सनले?
Read the full story at Setopati

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्ससँग पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्सन झाले टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीसँग ४ विकेटले पराजित भएपछि प्रतिक्रिया दिँदै गुल्सनले पिच केही सुस्त भएकाले आफूहरूले १३० रनको लक्ष्य राखेको बताएका हुन्। कर्णालीले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो। जवाफमा लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
गुल्सनले खेलमा केही गल्ती भएको स्वीकार गर्दै टी-२० क्रिकेटमा यस्तो हुनु सामान्य रहेको बताए। उनले हारबाट निराश हुनुभन्दा कमजोरी सुधार गरेर आगामी खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिए। आफ्नो व्यक्तिगत भूमिकाबारे बोल्दै गुल्सनले आफू राष्ट्रिय टोली र फ्रेन्चाइज टोली दुवैमा टोलीको आवश्यकताअनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहने बताए। ‘टोलीले मलाई जुन भूमिका दिन्छ, त्यसका लागि म शतप्रतिशत तयार छु।
ब्याटिङ गर्नुपरे पनि, माथिल्लो क्रममा खेल्नुपरे पनि, इनिङ्स फिनिस गर्नुपरे पनि वा बलिङ गर्नुपरे पनि म तयार छु,’ उनले भने। उनले आफ्नो भूमिका ब्याटिङ वा बलिङमध्ये कुनै एकमा सीमित नरहेको स्पष्ट पारे। टोलीलाई जुन समयमा जे आवश्यक पर्छ, त्यहीअनुसार योगदान दिनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- Jensen Huang Resignation Highlights: Nvidia Shares Crash 13%NDTV
- Did Ro Khanna and his wife sell NVIDIA shares just before the spy scandal involving Jensen Huang broke out?Times of India