Skip to main content
खेलकुदRatopati

गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)

Read the full story at Ratopati

गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूची अनुसार नेपाली तथा भारतीय ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ । यसैगरी, सानो गोलभेडातर्फ लोकल गोलभेडा प्रतिकेजी औसत १५ रुपैयाँ ६० पैसा, टनेलको ३७ रुपैयाँ र तराईको सानो गोलभेडा ३८ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको समितिले जनाएको छ ।

बजारमा नेपाली रातो आलु (लाम्चो, गोलो र मुडे) को मूल्य एकैनास रहेको छ । यी तीनै प्रकारका आलु न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म (औसत ५७ रुपैयाँ ५० पैसा) मा किनबेच भइरहेको छ । यस्तै, भारतीय रातो आलुको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा र सेतो आलुको ३० रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याजको औसत मूल्य भने प्रतिकेजी ८९ रुपैयाँ ५० पैसा रहेको छ ।

लोकल गाजरको मूल्य प्रतिकेजी औसत ८५ रुपैयाँ पुग्दा तराईको गाजर ५६ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । यस्तै, लोकल बन्दा औसत २७ रुपैयाँ ५० पैसा, स्थानीय काउली २६ रुपैयाँ ८८ पैसा र तराईको काउली प्रतिकेजी औसत १९ रुपैयाँ ३८ पैसा कायम भएको समितिले जनाएको छ ।