सस्ता खेलौनादेखि एआई पूर्वाधारसम्म, चीनले कसरी बदल्यो आफ्नो उत्पादनको पहिचान?
Read the full story at Bizmandu

केही समयअघिसम्म ‘मेड इन चाइना’ भन्नासाथ सस्ता टिसर्ट र प्लास्टिकका खेलौना बुझिन्थ्यो। अहिले भने विद्युतीय सवारी, कृत्रिम बौद्धिकता (एआई) का उपकरण र अत्याधुनिक औद्योगिक मेसिनरी पनि सूचीमा जोडिएका छन्। चीनमा बन्ने र निर्यात हुने सामानको स्वरुप बदलिएको छ। कपडा, फर्निचर र सस्ता इलेक्ट्रोनिक सामानसँगै अहिले उच्च प्रविधि र गुणस्तरीय उत्पादन विश्व बजारमा पुगिरहेका छन्।
कुनै समय जापान, युरोप र अमेरिकाको विशेषता मानिने उत्पादनमा चीनले आफ्नो पकड बलियो बनाउँदै लगेको छ। यसको सबैभन्दा गतिलो उदाहरण हो- गाडी उद्योग। चीनले अहिले जर्मनी र अमेरिकाले निर्यात गर्ने कारको संयुक्त परिमाणभन्दा बढी कार विदेश पठाइरहेको छ। जटिल मेसिनरी, उच्चस्तरीय रासायनिक पदार्थ तथा डेटा सेन्टरमा प्रयोग हुने उपकरणको निर्यात पनि तीव्र रुपमा बढिरहेको छ।
अर्कोतर्फ, चीनको परम्परागत निर्यात मानिने जुत्ता, खेलौना र फर्निचरको निर्यात भने घट्नुका साथै केही हदसम्म स्थिर छ। चीनको यो परिवर्तन एक दशकभन्दा लामो सरकारी प्रयासको परिणाम हो। सरकारले आफ्ना उद्योगलाई सामान्य उत्पादनबाट उच्च मूल्य अभिवृद्धि (हाइ भ्यालु एड) हुने उत्पादनतर्फ लैजान अनुदान, लगानी र विभिन्न नीतिमार्फत प्रोत्साहन गर्दै आएको छ। चीनको कारखाना उद्योग अहिले तीव्र गतिमा विस्तार भइरहेको छ।
More sports
- कस्तो अवस्थामा बिराटनगर प्लेअफमा पुग्न सक्छ ? चितवन र काठमाडौंका खेल कत्ति महत्वपूर्णThaha Khabar
- गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)Ratopati
- आज लुम्बिनी र विराटनगरबिच खेल हुँदैNagarik News
- क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधिNagarik News
- Deepti Sharma named ICC Women’s Player of the Month for OctoberThe Hindu
- Gambhir concerned about India's batting collapses ahead of World CupThe Hindu