कस्तो अवस्थामा बिराटनगर प्लेअफमा पुग्न सक्छ ? चितवन र काठमाडौंका खेल कत्ति महत्वपूर्ण
Read the full story at Thaha Khabar

कीर्तिपुर: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सको प्लेअफमा पुग्ने सम्भावना अझै जीवित रहेको छ । तर उसको प्लेअफ यात्रा आफ्नै हातमा मात्र छैन। लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी लायन्ससँग खेल्ने बिराटनगरले प्लेअफमा पुग्न सो खेल जित्नैपर्नेछ । तर लुम्बिनीविरुद्धको खेल जितेर मात्रै पनि बिराटनगरका लागि प्लेअफमा पुग्न सुनिश्चित हुनेछैन । त्यस्तोमा कर्णाली याक्स र चितवन राइनोजबीचको खेल बिराटनगरका लागि महत्वपूर्ण हुनेछ ।
भोली आइतबार हुने सो खेल चितवनले हारेको खण्डमा बिराटनगर प्लेअफमा पुग्नसक्छ । चितवनले कर्णालीलाई हराएको खण्डमा पोखरा एभेन्जर्सले काठमाडौंलाई भारीअन्तरले पराजित गरे, रनरेटमा माथी गएर बिराटनगर अगाडी बढ्न सक्नेछ । यस्तोमा लुम्बिनीलाई पनि बिराटनगरले ठूलो अन्तरले हराउनैपर्नेछ । तर निकै चुनौतीपूर्ण समीकरणमा निर्भर रहेको बिराटनगरले शनिबार अपराह्न हुने खेलमा लुम्बिनीविरुद्ध नतिजा सुम्पिए, प्लेअफ खेल्ने टोलीको टुङ्गो आजै लाग्नेछ । लुम्बिनी र सुदुरपश्चिम रोयल्र्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोज पनि प्लेअफमा पुग्नेछन् ।
यस्तो अवस्थामा लुम्बिनी ११ अंकसहित शिर्ष २ मा पुग्नेछ । शिर्ष २ का लागि सुदुरपश्चिम रोयल्र्स र काठमाडौंबीच टक्कर हुनेछ । तर सुदुरपश्चिम १० अंकसहित रहेको हुँदा उसलाई फाइदा छ ।
More sports
- गोलभेँडादेखि आलु प्याजसम्म : यस्तो छ आज तरकारीको मूल्य (सूचीसहित)Ratopati
- आज लुम्बिनी र विराटनगरबिच खेल हुँदैNagarik News
- क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधिNagarik News
- सस्ता खेलौनादेखि एआई पूर्वाधारसम्म, चीनले कसरी बदल्यो आफ्नो उत्पादनको पहिचान?Bizmandu
- Deepti Sharma named ICC Women’s Player of the Month for OctoberThe Hindu
- Gambhir concerned about India's batting collapses ahead of World CupThe Hindu