Skip to main content
राजनीतिNepal Khabar

राष्ट्रिय ख्रिष्टियन महासंघमा समानान्तर गतिविधि

Read the full story at Nepal Khabar

राष्ट्रिय ख्रिष्टियन महासंघमा समानान्तर गतिविधि

राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष चरिबहादुर गहतराजले महासंघको नाममा अनाधिकृत समूहले गैरकानुनी गतिविधि र जालसाजी गरिरहेको भन्दै आपत्ति जनाएका छन्। काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गहतराजले संस्थाको विधानविपरित केही व्यक्तिले कीर्ते हस्ताक्षर र नक्कली कार्यसमिति खडा गरी संस्थाको साख गिराउने र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्। अध्यक्ष गहतराजले महासंघको अनामनगरस्थित केन्द्रीय कार्यालयमा गत वर्ष भएको तोडफोड, लुटपाट र पदाधिकारीमाथिको साङ्घातिक आक्रमणको घटनाले संस्थाको वैधानिकतामाथि नै प्रहार गर्ने प्रयास भएको दाबी गरेका हुन्।

उनकाअनुसार आक्रमणकारीहरूले महासंघका महत्वपूर्ण कागजात, ल्यापटप, क्यामेरा, छाप र लेटरप्याड कब्जामा लिई विभिन्न सरकारी निकाय तथा कूटनीतिक नियोगहरूमा दुरुपयोग गरिरहेका छन्। महासंघलाई कमजोर बनाउन र समुदायबीच फाटो ल्याउन केही पदलोलुप व्यक्तिहरूले जालसाजीपूर्ण क्रियाकलाप गरिरहेको उनको आरोप छ। यी व्यक्तिहरूले मिति २०७९ कात्तिक १३ गतेको माइन्युट कीर्ते गरी नक्कली कार्यसमिति खडा गरेको पाइएको छ।

सोही आधारमा महासंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गत वर्षदेखि नै कानूनी उजुरीहरू दर्ता गराउँदै आएको छ।