कुवेतमा स्थापित नेपाली उद्यमी
Read the full story at Onlinekhabar (Nepali)

वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं रेस्टुरेन्ट मालिक बन्न चाहन्थे । साथीभाइसँग मिलेर चौतारी रेस्टुरेन्ट खोले ।
अहिले कुवेतका प्रमुख शहरहरूमा यसका १२ वटा आउटलेट सञ्चालनमा छन् । उनको व्यवसायले २०० भन्दा बढीलाई रोजगारी दिएको छ । भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्।
तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्। अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।
More politics
- Living alongside rhinos on the fringes of ChitwanKathmandu Post
- Janakpur face must-win test against Sudurpaschim in NPLKathmandu Post
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- कालीमाटीमा च्याउको भाउ किलोमै १४१ रुपैयाँ बढ्योNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar