Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

Read the full story at Onlinekhabar (Nepali)

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

२८ कात्तिक, गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए । २३ वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो ।

उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो । रासस

In English

'Operation Sabhyata' in Lakeside: 44 people penalized in three days

Kathmandu, 28th of Kartik, Gandaki. The District Police Office, Kaski, has initiated legal proceedings against 44 individuals involved in illegal activities in the Lakeside area of Pokhara under 'Operation Sabhyata' from last Wednesday to Friday. According to Ramjee Devkota, the acting spokesperson and Police Inspector of the office, 81 vehicles were also seized and penalized during the same period. He informed that 57 of those were drivers found consuming intoxicating substances, and one vehicle driver was penalized for other traffic violations. The 23 vehicles have been kept at the Ward Police Office in Baidam for further investigation and legal action. The police launched 'Operation Sabhyata' on the 18th of Kartik to control the increasing illegal activities in the Lakeside area of Pokhara Metropolitan City-6. The District Police Office stated that so far, 140 individuals and 293 vehicles have been penalized under the operation.

Machine translation — the original above is the story as filed.

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा · EkJhalak News