Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

Read the full story at Onlinekhabar (Nepali)

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।

समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ गते पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ ।

टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।