आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै
Read the full story at Onlinekhabar (Nepali)

गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्त्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ ।
नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ । पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताए ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन: शरणार्थी पक्षधरद्वारा प्रतिवाद, आप्रवासीलाई जिम्मेवार बन्न नेपाली समुदायको आग्रहDC Nepal
- गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो?Onlinekhabar (Nepali)
- डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउSetopati
- डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये छ कैदीबन्दी पक्राउDC Nepal
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैSetopati