समाजSetopati
डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउ
Read the full story at Setopati

उनीहरूलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए। यसअघि कात्तिक १८ गते प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङगाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियारलाई पक्राउ गरेको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए। भागेकामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको र बाँकी दुई कैदीबन्दीको खोजीकार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन: शरणार्थी पक्षधरद्वारा प्रतिवाद, आप्रवासीलाई जिम्मेवार बन्न नेपाली समुदायको आग्रहDC Nepal
- गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो?Onlinekhabar (Nepali)
- डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये छ कैदीबन्दी पक्राउDC Nepal
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैSetopati
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैThaha Khabar