गोपाल वंशभन्दा पहिलेको नेपाल : अजिमाको समाज कहाँ हरायो ?
Read the full story at Onlinekhabar (Nepali)

हामीले मातृसंस्कृतिको कुरा गर्दा प्रायः त्यसलाई पितृसत्ताको ठीक उल्टो व्यवस्था ठान्ने गल्ती गर्छौं। पितृसत्तामा पुरुषले शासन गर्छ भने मातृसत्तामा महिलाले शासन गर्थे भन्ने सरल व्याख्या गरिन्छ। तर, त्यसले मातृसंस्कृतिको गहिराइलाई समेट्न सक्दैन। नेपालको लिखित इतिहास भन्छः नेपालको शासन व्यवस्था गोपाल वंशबाट सुरु हुन्छ। त्यसपछि महिषपाल, किरात, लिच्छवि, मल्ल हुँदै शाह राजवंशसम्मको इतिहास हामीले पढ्दै आएका छौँ। राजाहरूको उदय, राज्य विस्तार, युद्ध, विजय र वंश हस्तान्तरणलाई इतिहासको मुख्य विषय बनाइएको छ।
तर यी राजवंशको इतिहास सुरु हुनुभन्दा पहिले काठमाडौँ उपत्यकामा को थिए? उनीहरू कसरी बस्थे? उनीहरूको सामाजिक व्यवस्था कस्तो थियो? मानिस, प्रकृति र अन्य जीवसँग उनीहरूको सम्बन्ध कस्तो थियो? सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो– राज्य र राजवंशको स्थापना हुनुभन्दा पहिले समाज कस्तो थियो? के समाजको अस्तित्वका लागि राजा, भू–सीमा, वंशावली र अरूमाथि शासन गर्ने व्यवस्था अनिवार्य थियो?
नेपालको परम्परागत इतिहासले गोपाल वंशलाई प्रारम्भिक राजवंशका रूपमा प्रस्तुत गर्छ। ‘गोपालराजवंशावली’ काठमाडौँ उपत्यकाको राजकीय इतिहाससम्बन्धी महत्त्वपूर्ण स्रोत हो। तर यो आज उपलब्ध भएकामध्ये प्रारम्भिक समयको प्रत्यक्षदर्शी विवरण होइन। यसको संकलन चौधौँ शताब्दीको अन्त्यतिर भएको मानिन्छ।
More society
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैNepal Khabar
- सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन: शरणार्थी पक्षधरद्वारा प्रतिवाद, आप्रवासीलाई जिम्मेवार बन्न नेपाली समुदायको आग्रहDC Nepal
- डोल्पा कारागारबाट सुरूङ खनेर भागेकामध्ये ६ कैदीबन्दी पक्राउSetopati
- डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठमध्ये छ कैदीबन्दी पक्राउDC Nepal
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैSetopati
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदैThaha Khabar