Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

टर्कीको स्टिल उद्योगमा भीषण विस्फोट, १२ को मृत्यु, ४ जनाभन्दा बढी घाइते

Read the full story at Onlinekhabar (Nepali)

टर्कीको स्टिल उद्योगमा भीषण विस्फोट, १२ को मृत्यु, ४ जनाभन्दा बढी घाइते

२४ कात्तिक, काठमाडौं । टर्कीको पश्चिमी क्षेत्रमा पर्ने इजमिर सहरनजिकै एक स्टिल उद्योगमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने र घाइते हुने सबै उद्योगमा कार्यरत मजदुर हुन् ।

घटनास्थलबाट सार्वजनिक भएका भिडियोमा उद्योग परिसरभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको बीबीसीले जनाएको छ । स्थानीय गभर्नरका अनुसार सोमबार दिउँसो भएको दुर्घटना नयाँ बोयलर क्रेनमार्फत ओसार्ने क्रममा भएको थियो । बोयलर लैजाँदै गरेको क्रेन अचानक खसेपछि त्यससँग सम्बन्धित उपकरण तल रहेको भट्टीमा खसेको थियो ।

त्यसलगत्तै शक्तिशाली विस्फोट भएको बताइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा ११ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको संख्या १२ पुगेको बीबीसीमा उल्लेख छ ।