ट्रम्पले बाइडेनलाई भनेका थिए- राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौं
Read the full story at Onlinekhabar (Nepali)

अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ । अमेरिकी राजनीतिमा एक–अर्काका कट्टर प्रतिद्वन्द्वी मानिने राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनबीच बन्द कोठाभित्र हुने संवाद सार्वजनिक छविभन्दा बिल्कुलै फरक रहने गरेको तथ्य बाहिरिएको छ । आगामी साता सार्वजनिक हुन लागेको आफ्नो संस्मरण ‘प्रोमिस मी, अमेरिका’ मा पूर्वराष्ट्रपति बाइडेनले सन् २०२४ को नोभेम्बरमा ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्पले आफूलाई ‘राजनीति नभएको भए हामी असल साथी हुन्थ्यौँ’ भनेको खुलासा गरेका छन् ।
चुनावी अभियानका क्रममा बाइडेनलाई ‘स्लिपी जो’ भन्दै कडा कटाक्ष र अपमान गर्ने ट्रम्पले राष्ट्रपतीय निर्वाचन जितेपछि ह्वाइट हाउसको ‘डिप्लोम्याटिक रिसेप्सन रुम’ मा भएको भेटमा अत्यन्तै मैत्रीपूर्ण व्यवहार देखाएको बाइडेनले उल्लेख गरेका छन् । ‘द एटलान्टिक’ पत्रिकामा प्रकाशित बाइडेनको पुस्तकको अंशअनुसार, सन् २०२४ को नोभेम्बरमा तत्कालीन नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको टोलीलाई बाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका थिए । भेटमा ट्रम्प निकै गफगाफ गर्ने मुडमा देखिएका थिए ।
उनले बाइडेनको कार्यकालमा भएको रोजगारी सिर्जनाको प्रदर्शन ‘असाधारण’ रहेको भन्दै प्रशंसा गरेका थिए ।
More politics
- भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्योNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- निदाइरहेका मुकेश यादव माइक्रोबस भिरबाट खसेपछि ब्युँझिएNepal Khabar
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar