युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनी
Read the full story at Ratopati

काठमाडौँ । युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा काल्लासले युक्रेन युद्ध अन्त्यका लागि हुने वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपेली देशहरूलाई चेतावनी दिएकी छन् । उनले सुरक्षा व्यवस्थासम्बन्धी विषयमा छलफल गर्नुअघि युद्धविराम कायम गर्नुपर्नेमा जोड दिएकी छन् । डब्लिनमा आयोजित ईयू शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै काल्लासले रुसले उठाएका सुरक्षा संरचनासम्बन्धी विषयमा छलफल गर्दा युद्धविरामको मुख्य मुद्दा ओझेलमा पर्न सक्ने बताइन् ।
‘सबैभन्दा पहिले हामीलाई युद्धविराम चाहिएको छ । यदि हामीले रुसले उठाएका सुरक्षा संरचनासम्बन्धी विषयमा छलफल गर्न थाल्यौँ भने रुसले थापेको पासोमा पर्नेछौँ । यसले युद्धविराम नभएको मुख्य विषयबाट ध्यान अन्यत्र मोड्नेछ,’ उनले भनिन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि अमेरिकी प्रतिनिधिहरूले बिहीबार भविष्यका वार्तामा युरोपलाई पनि सहभागी गराउने बताएका थिए ।
तर, क्रेमलिनले यसबारे कुनै निर्णय नभएको जनाएपछि योजनामा अन्योल देखिएको छ । युरोपले लामो समयदेखि शान्ति वार्तामा आफ्नो सहभागिताका लागि जोड दिँदै आएको छ । अमेरिकी प्रतिनिधि तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले युरोपलाई वार्तामा सहभागी गराउँदा युद्धपछिको युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गर्न सहज हुने बताएका छन् ।
More environment
- चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्तSetopati
- Andhra Pradesh emerges as a leader in India’s rooftop solar push: Union MinisterThe Hindu
- एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियोNagarik News
- ८ वर्षपछि आफ्नै भवनमा सर्यो सशस्त्र प्रहरी गुल्मNagarik News
- नवनियुक्त चार न्यायाधीशले गरे पदवहालीRatopati
- भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहतRatopati