Skip to main content
वातावरणRatopati

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

Read the full story at Ratopati

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ७ हजार घरमा क्षति पुर्‍याएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए। विपत्तिमा ५ हजार २ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका थिए ।

मुस्किलले ज्यान जोगाएका विस्थापितहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ। सरकारले घोषणा गरेको घरभाडा सहायता र पुनःस्थापना कार्यक्रम अझै अनिश्चित हुँदा पीडितहरू निराश बनेका छन्। राहत र सहजीकरण गर्नुको साटो राज्यका निकायबाट उल्टै बाल्दै नबालेको बिजुलीको जरिवाना तिराउनेलगायतका समस्या थपिएको पीडितहरूको गुनासो छ। भोटेकोशी र त्रिशूली नदी किनारका हजारौँ नागरिकको घरखेत बगाएको बाढीका कारण विस्थापित भएर अन्यत्र आश्रय लिइरहेका नागरिकलाई नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलमा जरिवाना र भ्याट लगाएको पाइएको छ ।

बाढीले घर बगाएपछि वा पुरिएपछि बिजुलीको मिटरको लगत कट्टा गर्न वडाको सिफारिस लिएर जाँदा प्राधिकरणले त्यसलाई मान्यता नदिई ‘पुलिस रिपोर्ट’ ल्याउन दबाब दिएको पीडितहरूले बताएका छन् । सरकारी बेवास्ताको मारमा नुवाकोटको विदुर नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र नेपाल स्वयं परेका छन् ।