सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
Read the full story at Onlinekhabar (Nepali)

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै आगामी कात्तिक ३० गते बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उक्त प्रणाली सञ्चालन हुने जानकारी दिएको छ।
सरकारले छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे तापनि भुक्तानी प्रणालीलाई निरन्तरता दिने उद्देश्यले राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। यस व्यवस्थाले बिदाको दिनमा पनि वित्तीय कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।
In English
RTGS system to operate even on public holidays
The Nepal Rastra Bank has decided to operate the Real Time Gross Settlement (RTGS) system even on public holidays. The central bank issued a notice informing that the system will be operational from 9:00 AM to 3:00 PM on the upcoming date of Katic 30. Although the government has decided to declare Monday as a public holiday on the occasion of the Chhath festival, the Nepal Rastra Bank has made arrangements to operate the RTGS service with the aim of ensuring continuity in the payment system. This arrangement is expected to facilitate financial transactions even on holiday days.
Machine translation — the original above is the story as filed.
More politics
- लगातार दोस्रो दिन बढ्यो अमेरिकी डलरको भाउNepal Khabar
- राशिफल २८ कात्तिक : मेषको आम्दानी बढ्ने, धनुको नयाँ व्यक्तिसँग भेटघाट हुने, तपाईँको के?Nepal Khabar
- दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोकNepal Khabar
- घट्यो कि बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइतेNepal Khabar
- इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहुNepal Khabar