एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट
Read the full story at Onlinekhabar (Nepali)

एनभिडियाको सेयर मूल्यमा आएको गिरावटबीच अब लगानीकर्ताको ध्यान नोभेम्बर १७ मा सार्वजनिक हुने कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजामा केन्द्रित हुनेछ । २४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला चिनियाँ गुप्तचर निकायको सहयोगी भएर अमेरिकाको ‘जासुसी’ कार्यमा संलग्न भएको अमेरिकाले आरोप लगाइरहेको छ ।
ह्वाङको व्यक्तिगत गतिविधि र यसले कम्पनीलाई असर पर्ने भएसँगै सेयर मूल्यमा झन् ठूलो पहिरो झरेको हो । पहिलेदेखि नै टेक कम्पनीहरूको सेयर मूल्य घट्दै आए पनि पछिल्लो पटक एनभिडियाको मूल्यमा ठूलो असर देखिएको छ । करिब दुई साताअघि ह्वाङको ती महिलासँगको निकटताबारे चर्चा भएको थियो । दुई साता अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय १७ अमेरिकी डलरबाट १ सय ७८ डलरमा झरेको छ ।
यो अवधिमा कम्पनीको मूल्य करिब १८ प्रतिशत झरेको हो । यद्यपि, कम्पनीको मूल्य अघिल्ला सातादेखि नै झरिरहेको छ । विगत एक महिनामा एनभिडियाको सेयर मूल्य ४७ प्रतिशत घटिसकेको छ । कम्पनीका ठूला निर्णय ह्वाङ आफैंले लिने गरेका छन्, उनलाई सञ्चालक समितिले हटाए कम्पनीलाई झन् असर पर्ने हुँदा लगानीकर्ता कम्पनीप्रति निराश देखिएका छन् ।
More politics
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar