Skip to main content
समाजOnlinekhabar (Nepali)

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

Read the full story at Onlinekhabar (Nepali)

१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति विस्थापित गर्ने अधिकार कसैलाई छैन : सिंह

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

मंगलबार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताए । कांग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उनले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे ।

पार्टी सभापति र केन्द्रीय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने कांग्रेसको परम्परा रहेको उल्लेख गर्दै उनले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रिय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताए । ‘नेपाली कांग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन ।