बाटुलो जूनले किन र कसलाई हाल्यो साइबर ब्यूरोमा उजुरी ?
Read the full story at Onlinekhabar (Nepali)

हिजो बिहीबारदेखि फिल्म बाटुलो जून प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार राम्रो चल्दै थियो । प्रदर्शनको पहिलो दिन नै करोडको हाराहारीमा कमाई गर्ने अनुमान थियो । दोस्रो दिन फिल्म निर्माण पक्षले एउटा सूचना जारी गरेको छ ।
सूचना साइबर ब्यूरोमा उजुरी हालिएको सम्बन्धमा छ । निर्माण टिकको पक्षमा जिया केसीको हस्तक्षर रहेको निबेदन सार्वजनिक गरिएको छ । निवेदनमा उनले लेखेकी छिन्, ‘सनराइज पिक्चर्स प्राइभेट लिमिटेडको मातहहतमा बनेको नेपाली कथानाक चलचित्र बाटुलो जुनको भिडियो क्लिपसहरु गैरकानूनी रुपले विभिन्न सामाजिक सञ्जालमा पाइरेसी गरी अनाधिकृत रुपमा प्रचारप्रसार गरिएको छ । यसले सर्जकको प्रतिलिपी अधिकार हनन भएको र आर्थिक क्षतिसमेत भएको भन्दै कारबाहीको लागि अनुरोध गरिएको छ ।
फिल्मका पटकथा लेखक सामिप्यराज तिमल्सिनाले उक्त सूचना सार्वजनिक गर्दै लेखेका छन्, ‘कसैको वर्षौंको मेहनत दुई चार सेन्टको ळोभमा सामाजिक सन्जालमा राख्नु कानुनीय हिसाबले दण्डनीय मात्र नभई मानवीय हिसाबले समेत गलत कार्य हो । ’ त्यसो त पछिल्लो समय बाटुलो जून मात्र होइन अधिकांश फिल्मलाई यही बिषयले रक्तचाप बढाइदिएको छ । हरेक फिल्म सार्वजनिक भएसँगै उनीहरु पाइरेसीको मुद्दालाई लिएर साइबर ब्यूरोसम्म पुग्ने गरेका छन् । यद्यपि दर्शकमा यस सम्बन्धि सचेतना भने खासै बढेको देखिदैन ।
More tech
- How Mamta Kafle case shows why digital records matter when a Nepali disappears abroadKathmandu Post
- What we know about the global Microsoft outageBBC
- Microsoft Outage LIVE: Microsoft outage enters second day; company says not aware of malicious activityThe Hindu
- फिल्मका दृश्य सामाजिक सञ्जालमा आएपछि ‘बाटुलो जून’ले दियो साइबर ब्युरोमा उजुरीRatopati
- Microsoft works to restore Outlook and Teams after global outageDW
- NASA crashed a spacecraft into an asteroid in 2022; Europe's Hera probe reaches impact site to investigate if Earth can be saved from space rocksTimes of India