Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

Read the full story at Onlinekhabar (Nepali)

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानहरूलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ। शुक्रबार बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो। प्रशासनले बाली भित्र्याउने अवधिभर हात्ती नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।

हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय युवाको टोली परिचालन गरिएको छ। स्थानीय किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके बाली सुरक्षित हुने माग राखेका छन्। प्रजिअ पोखरेलले किसानको बाली जोगाउनु प्राथमिकता रहेको बताउँदै सुरक्षा निकायलाई थप जनशक्ति खटाउन निर्देशन दिएका छन्।

वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान र सुरक्षा अधिकारीबीच अन्तरक्रियासमेत भएको छ।

In English

Call to Farmers in Elephant-Affected Areas to Harvest Ripe Crops in Time

The District Administration Office has urged farmers in the Bahundangi area of Jhapa to harvest their ripe rice crops in time, following an increase in the movement of wild elephants. A team led by the District Chief Officer Shrawan Kumar Pokharel, along with heads of security agencies, conducted a site inspection after one person was injured in an elephant attack at Buddha Shanti on Friday. The administration is preparing to deploy additional security personnel to control elephants during the crop harvesting period. Currently, teams comprising Armed Police, Nepal Police, Division Forest Office staff, and local youth have been deployed in the area. Local farmers have demanded that if elephant entry can be controlled for at least five days, the crops will be safe. DCO Pokharel stated that saving farmers' crops is a priority and has directed security agencies to deploy additional manpower. An interaction between farmers and security officials was also held at the initiative of Ward Chairperson Arjun Karki.

Machine translation — the original above is the story as filed.