Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो

Read the full story at Onlinekhabar (Nepali)

कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो

महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् । १८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् । ‘नेपालको संविधान, प्रचलित कानून र विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलाबद्ध षड्यन्त्रमार्फत नेपाली कांग्रेसका आमसदस्य र लाखौं शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुकको विश्वासलाई आघात पु¥याउन सक्दैन,’ कांग्रेसले भनेको छ । कांग्रेसले लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न महाधिवेशनमाथि श्रृङ्खलाबद्ध षड्यन्त्र भइरहेको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ बन्द गर्न पनि भनेको छ ।

पार्टी र नेतृत्वविरुद्ध आधारहीन तथा कपोलकल्पित विषयहरू उठाएर कृत्रिम भाष्य निर्माण गर्न खोजिएको कांग्रेसको दाबी छ ।