टीयूमा चल्नै छाड्यो ब्याटिङ, चितवनसामू जनकपुरको ८९ रनको लक्ष्य
Read the full story at Bizmandu

काठमाडौं। टीयू क्रिकेट मैदानमा रननै बन्न छाडेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)का लगातार खेल भइरहँदा पछिल्ला खेलमा एक सय आसपासमा मात्रै रन बनिरहेका छन्। टी-२० फर्म्याट र फ्रेन्चाइज लिग खासगरी बिस्फोटक ब्याटिङ र ग्लामरका लागि चिनिन्छ। तर, एनपीएलका खेलहरु अघि बढ्दै जाँदा टीयू मैदानमा रन नै बन्न छाडेको छ।
चितवनको विकेट सेलिब्रेसन आजको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो। यसक्रममा जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक २५ रन बनाउँदा विशाल सुस्लिङले १५ रन तथा सन्तोष कार्कीले १० रन बनाए। पभेलियन फर्कँदै जनकपुरका जिम्मी निशम बलिङमा चितवनका रञ्जित कुमारले ३ विकेट लिँदा सिकन्दर राजा र कमिल मिश्रले समान २ तथा कमल ऐरी र रिजन ढकालले समान १ विकेट लिए। रञ्जितले ३ ओभर बलिङ गर्दा मात्रै २ रन खर्चिए। यसरी एनपीएलमा ब्याटिङ चल्न छाडेको यो पहिलो खेल भने होइन।
आजै सम्पन्न पहिलो खेलमा पनि सुदुरपश्चिमले दिएको १२५ रनको सामान्य लक्ष्य नै काठमाडौंले भेट्न सकेन। शुक्रबार पनि कर्णालीले दिएको १०५ रनको लक्ष्य भेट्टाउन निक्कै धौधौ परेको लुम्बिनीले ६ विकेट गुमाएर १६.४ ओभरमा भेट्टाएको थियो। लुम्बिनीको ब्याटिङ संघर्ष चितवन जवाफी ब्याटिङमा उत्रिँदैछ। The post टीयूमा चल्नै छाड्यो ब्याटिङ, चितवनसामू जनकपुरको ८९ रनको लक्ष्य appeared first on BIZMANDU .
More environment
- चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्तSetopati
- Andhra Pradesh emerges as a leader in India’s rooftop solar push: Union MinisterThe Hindu
- एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियोNagarik News
- युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनीRatopati
- ८ वर्षपछि आफ्नै भवनमा सर्यो सशस्त्र प्रहरी गुल्मNagarik News
- नवनियुक्त चार न्यायाधीशले गरे पदवहालीRatopati