Skip to main content
समाजOnlinekhabar (Nepali)

२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा

Read the full story at Onlinekhabar (Nepali)

२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा

१८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा मुद्दाको चाप बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलाप सम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा बोल्दै उनले अदालतमा मुद्दाको चाप बढ्दै गएकोले पनि मेलमिलाप पद्धतिलाई विस्तार गर्नुपर्ने बताए । उनका अनुसार २०६१ सालमा देशभरका अदालतमा ६४ हजार २८३ मुद्दा विचाराधीन रहेका थिए ।

२०८३ सालमा आइपुग्दा यो संख्या बढेर ३ लाख ५७ हजार ९४ पुगेको छ । अर्थात २२ वर्षमा अदालतमा विचाराधीन मुद्दाको संख्या ५.५५५ प्रतिशतले बढेको छ । दाहालका अनुसार विचाराधीन मुद्दामध्ये १ लाख ६७ हजार ७५८ मुद्दा मेलमिलाप हुन सक्ने प्रकृतिका रहेको बताए । न्यायपालिकाको रणनीतिक योजनाले त्यस्ता मुद्दामध्ये ५० प्रतिशतलाई मेलमिलापका लागि सिफारिस गर्ने र सिफारिस भएकामध्ये ५० प्रतिशत टुंग्याउने लक्ष्य राखेको थियो ।

तर, लक्ष्यअनुसार काम हुन सकेको छैन । उनका अनुसार मेलमिलाप हुन सक्ने प्रकृतिका मुद्दामध्ये ३१ हजार ७१२ वटालाई मात्रै मेलमिलापका लागि सिफारिस गरिएको थियो । त्यसमध्ये ४ हजार ४५१ मुद्दा अर्थात् करिब १६ प्रतिशत मात्रै मेलमिलापबाट टुंगिएका छन् । अदालतमा मेलमिलापका लागि पठाइने मुद्दाको संख्या नै न्यून रहेकाले पनि अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ ।