प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?
Read the full story at Onlinekhabar (Nepali)

दानबहादुर कार्कीलाई हटाएर दोस्रो नम्बरका एआईजी राजन अधिकारीलाई समेत नदिई सरकारले तेस्रो नम्बरका केसीलाई आईजीपी बनाएको हो । १८ कात्तिक, काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारी मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखमा रहेका एआईजी मनोज केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
२७ चैत २०८४ सम्म कार्यकाल रहेका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गर्दै केसीलाई सरकारले आईजीपी बनाउने निर्णय गरेको छ । यसअघि सरकारले २०५३ सालमा अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए । उनलाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो ।
सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुन आईजीपी भए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनले सुरक्षा सल्लाहाकारमा बसेर काम गरेका थिए । रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो ।
More society
- हेटौँडामा बन्दैछ ३ करोड लगानीमा महिलामैत्री पार्कNepal Khabar
- Kathmandu Film Festival puts Nepali cinema’s past, present and future in focusKathmandu Post
- Who is Manoj KC, the officer now leading Nepal Police?Kathmandu Post
- Watch: Assam police shoot dead Guwahati hotel shooting accused after alleged escape attemptThe Hindu
- डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउDC Nepal
- Delhi High Court to hear on November 6 plea by lawyers seeking action against suspended ACP, cops over threatsThe Hindu