कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
Read the full story at Setopati

आर्थिक वर्ष २०८२/८३ मा यस्ता कोषबाट ६३ अर्ब ३५ करोड रुपैयाँ खर्च भएकोमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ बेरूजु कायम भएको छ। यो कुल खर्चको ३.४१ प्रतिशत हो। जबकि सामान्य बजेटबाट भएको खर्चमा बेरूजुको दर ०.४३ प्रतिशत मात्रै छ। यसरी कार्यसञ्चालन कोषको बेरूजु दर सामान्य बजेटको तुलनामा झन्डै आठ गुणा बढी देखिएको छ।
यसले कोषबाट भएको खर्चमा सामान्य प्रक्रियागत त्रुटि मात्रै नभई कानुन र निर्धारित मापदण्ड विपरीतका भुक्तानीसमेत ठूलो मात्रामा रहेको देखाउँछ। महालेखा नियन्त्रक कार्यालयले तयार पारेको 'आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)ले यस्तो अवस्था देखाएको हो। यसमा महालेखा नियन्त्रक कार्यालय र देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सम्पन्न ३ हजार ९८५ सरकारी निकाय तथा अन्तरसरकारी अख्तियारी अन्तर्गतका आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण समेटिएको छ। प्रतिवेदनअनुसार समीक्षा वर्षमा आन्तरिक लेखा परीक्षणबाट कुल १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरूजु कायम भएको छ।
अघिल्लो आर्थिक वर्षमा ९ अर्ब २४ करोड रुपैयाँ बेरूजु रहेकोमा यस वर्ष १ अर्ब ४४ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै, असुलउपर गर्नुपर्ने बेरूजु ३२.०८ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ छ। नियमित गर्नुपर्ने बेरूजु १८.५७ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ छ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन मिल्दैन : बार अध्यक्ष मिश्रOnlinekhabar (Nepali)
- भिजन लुम्बिनीले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकBizmandu
- लोकन्थलीमा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गयोThaha Khabar
- पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्चOnlinekhabar (Nepali)
- From sea to market: How mussels sustain livelihoods along Thiruvananthapuram’s shoreThe Hindu