पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । विभागले पहिलो तीन महिनामा गरेको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । पहिलो त्रैमासिकमा ठूला सिँचाइ आयोजनाले भौतिक प्रगतिसँगै बजेट खर्चमा पनि उल्लेख्य उपलब्धि हासिल गरेका छन् ।
तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्य दुवै अघि बढेको महानिर्देशक रजौरियाले बताए । उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले पहिलो त्रैमासिकको भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ । आयोजनाले यस अवधिमा ४३ करोड ७० लाख खर्च गरेको छ । यो आयोजनाको त्रैमासिक बजेटको अढाइ गुणाभन्दा बढी हो ।
त्यस्तै, त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजना ८०.२ र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन् । यी चार ठूला आयोजनाले मात्रै पहिलो त्रैमासिकमा १ अर्ब ३९ करोड खर्च गरेका छन् । यो विभाग अन्तर्गतका आयोजनामा भएको कुल खर्चको ५८ प्रतिशत हो । विभागका अनुसार प्रगन्ना–बड्कापथ सिँचाइ आयोजना (दाङ) ले ८८.२ प्रतिशत भौतिक प्रगति गरेको छ ।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोडNepal Khabar
- ग्यास उद्योग मर्जरमा आयकर छुट दिन उद्योगीको मागDC Nepal